एसीसी यू-१९ प्रिमियर कप : बहराइनमाथि नेपालको सहज जित

काठमाडौं । नेपालले जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो ।
७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे ।
नेपालले १० रनमै तीन विकेट गुमाएपछि क्रिज आएका देव खनाल र अर्जुन कुमालले समान ३२र३२ रन बनाए । देवले २७ बलमा ३२ रनमा अविजित रहे । अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे ।
पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएकाे थियाे ।
बहराइनका लागि मोहमद बसिल अब्दुल हकिमले ३४ रन बनाए। ७७ बलको सामना गरेका उनले २ वटा छक्का र २ वटा चौका प्रहार गरे। अन्य ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि दिपेश कँडेलले ६ विकेट लिए। दुर्गेश गुप्पाले ४ विकेट लिए।
नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया