अस्ट्रिया युरोकपमा छनौट
मेरोन्यूज
२०८० असोज ३० गते ७:११

काठमाडौं । अस्ट्रिया २०२४ को युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा अजरबैजानमाथि १-० को जित हासिल गरेसँगै अस्ट्रियाले समुह एफबाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यस समुहबाट बेल्जियम यसअघि नै युरोकपमा छनौट भइसकेको छ ।
यो सहित युरोकपमा अहिलेसम्म आयोजक जर्मनीसहित अहिलेसम्म ८ देश छनौट भएका छन् । जसमा अस्ट्रियासहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड र टर्की रहेका छन् ।
२४ देशले भाग लिने युरोकपमा २३ देश छनौट खेलबाट छानिने छन् भने आयोजक देश सिधै छानिने छ । २३ देश मध्ये २० देश १० समुहका विजेता र उपविजेता सिधै छानिने छन् भने ३ देश सविया समुहका तेस्रो हुने देशबाट प्लेअफ खेलेर छानिने युइएफएले जनाएको छ ।
मिनी विश्वकप भनिने युरोकप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदै छ ।
सम्बन्धित
















सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया