ब्यबसायमा सफलता पाउन निरन्तरता दिन जरुरी छ

५ वर्षअघि मन्जु बिस्टले पोखरामा सञ्चालनमा ल्याईन्, ओयासिस स्पा एण्ड ब्युटि केयर कम्पनी पोखरामा खुल्यो । बाँके स्थायी ठेगाना भए पनि उनको कर्मथलो पोखरा बन्यो । पोखरा भिलेजबाट सुरु भएको यात्रा होटेल हुँदै क्रमशः कुटी, टुकी, पोखरा ग्रान्ड (एक मात्र पाँचतारे होटेल), माउन्टेन ग्लोरी, डिलक्स रिसोर्ट, होटेल सहारा रिसोर्ट, अतिथि रिसोर्ट, फिसटेल लजमा समेत बिस्तार भयो । हाल यसका ९ वटा ब्राञ्चहरु सञ्चालनमा आईसकेका छन् । मन्जुले ब्युटिसियनको तालिम पनि प्रदान गर्दै आएकी छिन् । छोटो समयमा व्यापारिक उचाई लिन सफल मञ्जुसँग मेरो न्युज डट्कमका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
पोखरा पहिलो पटक कहिले आउनु भयो ?
२० वर्षको उमेर छँदा पोखरा आईपुगें । ९ वर्ष पुगिसक्यो यता आएको । विवाह भएपछि पोखरा आईपुगियो । मलाई पोखरा सपनाको शहर लाग्थ्यो । विवाहपछि भने यतै कर्मथलो बन्यो । पोखरा बस्ने रहर पनि पूरा भयो ।
ब्युटिसियन पेशातिर कसरी आकर्षित हुनुभयो ?
एसएलसी दिएपछि मैले केही समय रामारोशन बचत नामक सहकारीमा काम गरें । त्यो मेरो जीवनकै पहिलो जागिर थियो । तर, मनभित्र ब्युटिसियन बन्ने रहर थियो । पछि पोखरा आएपछि ब्युटिपार्लरको एड्भान्स कोर्ष र स्पाको कोर्स गरें । प्राक्टिकल कोर्षपछि ब्यबसायिक रुपमा काम थालियो । सुरुमा पोखरा भिलेज रिसोर्टमा साझेदारीमा काम सुरु भयो । पछि आफ्नै काम सुरु गरियो ।
तपाईंले सञ्चालन गरेको ओयासिस स्पा एण्ड ब्युटि केयरमा रोजगारी कति जनाले पाएका छन् ?
सबै ब्रान्च गरेर ४० जना जतिले पाएका छन् । स्टाफहरुको संख्या बढ्ने क्रममा छ । हामीसँग ५ वर्ष निरन्तर काम गर्नेहरु छन् । ९ वर्ष काम गर्नेहरु छन् । खान, बस्नको सुविधा छ । चित्त बुझ्दो स्यालरी दिएका छौं । खान बस्नबाहेक कमिसन, लगायत सबै सुबिधा दिएका छौं ।

तपाईंको स्पेशलाइजेसन के मा हो ?
थेरापी नै हो । स्किन केयर, मेडिक्योर, पेडिक्योर ।
कोभिड अगाडी र पछाडीको व्यवसायमा ठूलो अन्तर देखियो । तपाईंको अनुभब कस्तो रह्यो ?
सुरुमा स्पामा विदेशीहरुको आकषर्ण धेरै नै देखिन्थ्यो । तुलनात्मक रुपमा नेपालीको कम आकर्षण देखिन्थ्यो । कोभिडपछि नेपाली, विदेशीको उपस्थिीति ५०-५० प्रतिशत देखियो । नेपालीहरुको घुम्ने बानी विकास भयो । स्पा के हो भनेर बुझने, अनुभब गर्ने बानीको विकास भयो । हाम्रो समाजमा स्पालाई राम्ररी बुझेका छैनन् । धेरैको परिष्कृत धारणा छैन । चाहे उपभोक्ता हुन् या अरु व्यक्ति । यो हस्पिटालिटी क्षेत्र पर्यटकलाई सेवा, सुबिधा प्रदान गर्ने विषय हो । तर, बहसको विषय बन्दैन ।
कोभिड पहिलाको जस्तो व्यापारले लय नसमाते पनि लगभग छेउछाउमा पुगेको छ । व्यापारमा असर त एकदमै गर्यो । तर, भाडा तिर्न परेन होटेलसँग पार्टनरसिप थियो ।
तपाईं यहाँसम्म आउनुमा कसको हात, साथ छ ?
धेरैको हात छ । आमाले छोरीप्रति गर्नु पर्ने कर्तब्य गर्नु भयो । आमालाई सम्झिदा आशु आउँछ । सम्पूर्ण देन उहाँकै हो । त्यसबाहेक श्रीमान्को साथ र सहयोग छ, पूर्ण रूपमा ।

व्यवसायमा सफलता पाउन के गर्न जरुरी छ ?
ब्यबसायमा सफलता पाउन निरन्तरता दिन जरुरी छ । यो नै पहिलो मापन हो । निरन्तर प्रयास नै सफलताको आधार हो । धैर्य गर्नु पर्यो। त्यो जरुरी छ ।
आगामि दिनमा शाखा बिस्तार गर्ने योजना छ कि ?
कोभिड अगाडीसम्म ५ वटा र त्यसपछि ५ वटासम्म ब्रान्च थपिए । काठमाडौं, भैरहवा, नेपालगञ्जबाट ब्रान्च लिन माग आएको छ । तर, त्यता बिस्तार भईसकेको छैन ।














मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया