‘आयुर्वेद उपचार सेवा विस्तार गर्न आवश्यक छ’

गण्डकी । बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्दे अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए। “अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ”, उनले भने, “पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।”
मन्त्री बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए । “हामीसँग अथाह जडीबुटी छ, पछिल्लो समय विकास भइरहेको खर्चिलो उपचारको सट्टा आयुर्वेद पद्धतिको विकास गर्न आवश्यक छ”, मन्त्री बस्नेत भने, “आयुर्वेदको विकासका लागि सरकारले जे–जति गर्नुपथ्र्यो अझै हुन सकिरहेको छैन ।”
उनले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महाशभाको २२औँ शृङ्खलाको शुभारम्भसमेत गरेका थिए । सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया