त्रिकोणात्मक ट्वान्टी २० सिरिज : यूएईले हङकङलाई ६ विकेटले हरायो
मेरोन्यूज
२०८० कार्तिक ५ गते १५:१५

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङ्कङलाई ६ विकेटले हराएको छ ।
आइतबार खेलिएको खेलमा हङकङले दिएको १५० रनको लक्ष्य यूएईले ४ विकेट क्षतिमा पुरा गर्यो । जारी प्रतियोगितामा यूएईको यो पहिलो जित हो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले बाबर हायात र एजाज खानको शतकीय साझेदारी मद्दतमा १४९ रनको स्कोर बनायो। बाबरले ४५ बलमा ५ छक्का र ३ चौकासहित ६६ रन बनाए । एजाजले ४३ बलमा १ छक्का र ३ चौकासहित ४८ रन जोडे ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८ ओभरमा चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो । यूएईका लागि वसिमले १७ बलमा ४० रन बनाए । खालिदले ३२ बलमा ३७ रन जोडे ।
यस्तै अरविन्दले २९ रन, आसिफ खान १२ रन बनाए। त्यस्तै एलिसान सराफुले २० र बसिल हमिदले ११ रन बनाए ।
सम्बन्धित
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया