शुक्रबार, वैशाख २५, २०८३

रोनाल्डोको शानदार प्रदर्शनमा अल नासर विजयी

मेरोन्यूज २०८० कार्तिक ८ गते ७:११

काठमाडौँ । एशियन च्याम्पियन्स लिग अन्तर्गत अल नासरले कतारी क्लब अल दुहैललाई पराजित गरेको छ ।

Advertisement
NiccNicc

गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल दुहैललाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा रोनाल्डोले यस खेलमा एक असिस्ट र २ गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि टालिस्का र साडियो मानेले एक एक गोल गरेका थिए ।

त्यस्तै अल दुहैलका लागि इस्माइल मोहमद, अल्मोएज अलि र् मिचेल ओलुन्गाले एक/एक गोल गरेका थिए ।

जितपछि अल नासर ३ खेलमा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया