एसियाली पारा खेलकुद : दुर्गामान १२औँ स्थानमा

काठमाडौं । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा बुधबार समग्रमा १२औँ भएका छन् । पावर लिफ्टिङमा सहभागी १२ मध्ये दुर्गा अन्तिम स्थानमा रहे ।
चीनको हाङझाउस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । दोस्रो र तेस्रो लिफ्टमा उनले समान ९१/९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर, सफल भएनन् ।
दुर्गाको चुनौती पनि समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । नेपालबाट पावर लिफ्टिङमा दुई पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्तीमगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।
एथलेटिक्स
एथलेटिक्सको पुरुष टी–४७ क्याटगोरीको १०० मिटर दौडको आफ्नो हिटमा नेपालका साङबु भोटे बुधबार सातौँ भएका छन् । उनले निर्धारित दूरी १६.५७ सेकेन्डमा पूरा गरे । उनको हिटमा सातै खेलाडी सहभागी थिए ।
एचएससी रंगशालामा भएको उक्त स्पर्धाको दुई हिटमा जम्मा १४ खेलाडी सहभागी थिए । साङबु समग्रमा १३औँ भए । उक्त नतिजासँगै साङबु फाइनल चरणलाई छनोट भएनन् । हिटमा भारतका दिलीप महादु गाभिट ‘डिस्क्वालिफाई’ भएका थिए ।
पौडी
पौडीको एस–९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलको आफ्नो तेस्रो हिटमा नेपालका भीमबहादुर कुमाल बुधबार अन्तिम छैटौँ स्थानमा रहे । उनले निर्धारित दूरी तय गर्न ३५.४९ सेकेन्ड समय खर्चिए ।
एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको उक्त स्पर्धामा तीन हिट भएको थियो । तीनै हिटको नतिजा सार्वजनिक हुँदा भीम समग्रमा १६औँ स्थानमा रहँदै फाइनललाई छनोट हुन सकेनन् । अन्तिम स्थानमा रहेका बंगलादेशका रहमान नफियुर खन्दाकर १७औँ भए ।
















राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया