च्याम्पियन्स लिग : सिटी, पीएसजी र बार्सिलोना विजयी

काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले योङ बोइजलाई ३-१ को शानदार जित निकालेको छ।
योङ बोइजको मैदान वाङ्कडोर्फ स्टेडियममा भएको खेलमा सिटी उसकै मैदानमा हरायो। सिटीको जितमा आकान्जी, हालान्ड र पेनले गोल गरे बोइजका इलाले एक गोल फर्काए। जीत पछि सिटी ९ अंकका साथ समूह जीको शीर्ष स्थानमा छ। यही समूहको अर्को खेलमा आरबी लाइपजिगसँग रेडस्टार बेलग्रेड ३-१ ले पराजित भयो।
शनिबार नै भएको समूह एफको खेलमा पीएसजीले एसी मिलानलाई ३-० ले हरायो। पीएसजीको जितमा एमबाप्पे,कोलो मुनी र लि काङले गोल गरे जीत सँगै पीएसजी ६ अंकका साथ समूह तालिकाको शीर्ष स्थानमा छ। गएराति यही समूहको अर्को खेलमा बुर्नोसिया डटमन्डले न्यूक्यासललाई १-० ले हरायो।
यस्तै समूह एचको खेलमा बार्सिलोनाले शक्तर डोनत्स्कलाई २-१ गोलले हरायो। जितसँगै बार्सा समूह एचमा अपराजित छ। गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टिकसँग २-२ को बराबरीमा रोकियो। एफसी पोर्टोले रोयल एन्टवार्पलाई ४-१ ले हरायो।
















Harka Sampang insists on proper conservation, utilisation of natural resources
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया