नेपालगञ्जमा क्रिकेट मैदानको अभाव

खजुरा (बाँके) । पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगञ्जमा क्रिकेट खेलको गतिविधि ओरालो लाग्दै गएको छ ।
क्रिकेटका लागि खेल मैदान नहुँदा खेलाडीलाई अभ्यास गर्ने ठाउँको अभाव भएको छ । क्रिकेट मैदानको अभावमा खेल गतिविधि न्यून हुने गरेको छ । क्रिकेट मैदानकै अभावमा खेलाडीले राम्रोसँग खेलको अभ्यास गर्न सकेका छैनन् भने ठूला तथा साना औपचारिक खेलसमेत हुन नसकेको खेलाडीहरुको गुनासो छ ।
क्रिकेटका लागि मैदान नहुँदा खेल खेल्न तथा अभ्यास गर्न समस्या रहेको बाँके क्रिकेट टोलीका क्याप्टेन सिद्धान्तराज शाहीले बताए । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा तालमा क्रिकेट स्टेडियम बनाउने स्थानीय सरकारको योजना थियो तर उक्त तालमा स्थानीयवासीको अवरोधका कारण अदालतमा मुद्दासमेत परेको थियो ।
केही समयअगाडि अदालतले उक्त मुद्दा सुनवाइ गर्दै सो स्थानमा क्रिकेट स्टेडियमलगायत संरचना बनाउन केन्द्रीय सरकारसँग अनुमति लिनुपर्ने निर्णय गरे पनि प्रक्रिया भने अगाडि बढ्न नसकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।
उनका अनुसार एघार बिघा क्षेत्रफल रहेको फुल्टेक्रा तालको चार बिघा पाँच कट्ठामध्ये १८ धुरमा क्रिकेट स्टेडियम, तीन कट्ठामा वडा कार्यालय, तीन बिघामा मुस्लिम समुदायको कर्वाला, दुई बिघा तीन कट्ठा दस धुरमा हिन्दूहरुको मिर्छुवा पुजन, १९ कट्ठा १५ धुरमा पार्किङ र १५ कट्ठामा आवातजावतका लागि बाटो निर्माण हुने सर्वदलीय सहमति भएको थियो ।
उक्त तालको जग्गा संरक्षण गर्न वरिपरी तारबार गरिएको छ । तोकिएका ती संरचना बनाउनका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरेर निर्माण गर्ने योजना बनाइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । क्रिकेट मैदान नहुँदा मङ्गलप्रसाद माध्यमिक विद्यालयको मैदानलाई खेलाडीले प्रयोग गर्दै आए पनि उक्त मैदानमा क्रिकेट खेल्दा विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष रुपमा असर परेको छ ।
उक्त समस्या समाधनका लागि खेलाडीसँग छलफल भइरहेको र केही समयमा टोली बनाएर केन्द्रीय सरकारसँग पहल गर्न जाने प्रमुख विष्टले बताए । खेलक्षेत्रलाई माथि उकास्न सरोकारवाला निकायले स्थानीयवासीसँग समान्वय गरी क्रिकेट स्टेडियम निर्माणका लागि केन्द्रीय सरकारसँग यथाशीघ्र पहल गरे मात्रै नेपालगञ्जमा क्रिकेट खेलले गति लिनसक्ने राष्ट्रिय बडीविल्डर सुरेस श्रेष्ठले बताए ।
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया