दक्षिण अफ्रिकाले १९० रनले हरायो न्युजिल्यान्डलाई

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनले हराएको छ ।
पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो ।
३ सय ५८ रनको लक्ष्य पाएको न्युजिल्याण्ड ३५ ओभर ३ बलमा १६७ रन बनाउँदा अलआउट भयो ।
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले अर्धशतकीय पारी खेले । उनले ६० रन बनाए ।
विल योङले ३३ र ड्यारी मिचेलले २५ रन बनाए ।
न्युजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका बलरहरू केशव महाराजले ४ र म्याक्रो जेन्सनले ३ विकेट लिए ।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए । डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाए । यस्तै डेभिड मिलरले ५३ रन बनाएर अर्धशतकीय पारी खेले ।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया