कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक १७ गते शुक्रबार ।कार्तिक कृष्ण षष्ठी । पञ्चाङ्ग : सिद्ध गर पुनर्वसु। नाेभेम्वर ३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष: परिवार र साथीभाइको सहयोगले आँटेको काम पुरा होला । जोश, जाँगर र हिम्मत बढ्ने छ ।
वृष : आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।
मिथुन : आफन्तसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्ने छ । नयाँ कार्यको योजना बन्ने छ ।
कर्कट : स्वास्थ्यले साथ नदिन सक्छ । खानपान लगायतमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
सिंह : नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउने छ । शत्रु पराजय हुनेछन् ।
कन्या : आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला : काम विशेषले आज टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । स्वास्थ्यप्रति भने सचेत रहनु पर्ने देखिन्छ ।
वृश्चिक : मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउन सक्छ।
धनु : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।
मकर : रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्ने छ ।
कुम्भ : मन प्रसन्न रहनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ । आज चोटपटकको भय छ । सतर्कता अपनाउनुहाेला ।
मीन : आज सानातिना समस्यामा अल्झनु पर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । केहि आर्थिक लाभ हुन सक्छ ।














सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया