कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक १७ गते शुक्रबार ।कार्तिक कृष्ण षष्ठी । पञ्चाङ्ग : सिद्ध गर पुनर्वसु। नाेभेम्वर ३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष: परिवार र साथीभाइको सहयोगले आँटेको काम पुरा होला । जोश, जाँगर र हिम्मत बढ्ने छ ।
वृष : आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।
मिथुन : आफन्तसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्ने छ । नयाँ कार्यको योजना बन्ने छ ।
कर्कट : स्वास्थ्यले साथ नदिन सक्छ । खानपान लगायतमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
सिंह : नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउने छ । शत्रु पराजय हुनेछन् ।
कन्या : आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला : काम विशेषले आज टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । स्वास्थ्यप्रति भने सचेत रहनु पर्ने देखिन्छ ।
वृश्चिक : मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउन सक्छ।
धनु : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।
मकर : रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्ने छ ।
कुम्भ : मन प्रसन्न रहनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ । आज चोटपटकको भय छ । सतर्कता अपनाउनुहाेला ।
मीन : आज सानातिना समस्यामा अल्झनु पर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । केहि आर्थिक लाभ हुन सक्छ ।
















खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया