सोमबार, वैशाख ७, २०८३

सेरेसको नयाँ शोरुम ललितपुरको थासिखेलमा

मेरोन्यूज २०८० कार्तिक १७ गते ८:५६

ललितपुर । विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकैशीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गर्दै आफ्नो संजाललाई बलियो बनाएको छ। नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिती रहेको उद्घाटन समारोहमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल,सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारीले आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्वर आफ्नो समर्थनका बारेमा प्रकाशपारेका थिए।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदैगरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ, जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझैप्रगाढ बनाएको छ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दैगरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो२१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छजसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसलेसन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ। सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छजसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र रु ५२ लाख ९९ हजारबाट सुरु हुन्छ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा आउँछः लो ट्रिम–१८० किमी बेस अप्सन, मिड ट्रिम–१८० किमी फुल अप्सन, र टप ट्रिम–२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३ लाख ९९ हजार, रु १६ लाख ४९ हजार र रु १७ लाख ९९ हजार रहेका छन्।

प्रतिक्रिया