न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्वारा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । उक्त सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य लालप्रसाद सावा लिम्बुले गरेका थिए ।
शोरुमका सफलताका लागि शुभकामना दिँदै उनले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिँगो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने बताए । साथै उद्योगमार्फत् रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिएका थिए । उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यस अघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ ।
साथै, आगामी दिनमा देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराइएको छ । न्यूरोड नेपाली जुत्ता घरमा विएफ डियर हिल र विएफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डिजे शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलव्ध रहेका छन् ।




















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया