शनिबार, वैशाख २६, २०८३

युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट

मेरोन्यूज २०८० कार्तिक १७ गते १४:०६

काठमाडौँ । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ ।

Advertisement
NiccNicc

आज मुलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा यएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकपमा छनोट भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा १३४ रन बनाएको थियो। १३५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७.१ दशमलव ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

नेपालको जितमा आसिफ शेख नायक बने । उनले उनले ५१ बलमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले २० बलमा ३५ रन बनाए ।

योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ ।

अब छनोट खेलको उपाधीका लागि आइतबार ओमान र नेपाल टियु क्रिकेट मैदानमा भिड्नेछन्।

प्रतिक्रिया