उपचारपछि घर फर्किए रुकुम पश्चिमका ३० जना
मेरोन्यूज
२०८० कार्तिक १८ गते १३:१६

त्रिवेणी (रुकुमपश्चिम) । भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए । हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए ।
उनका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो । हाल पनि घाइतेको उद्धार र खोजी जारी रहेकाले घाइते र मृतकको सङ्ख्या थप बढ्नसक्ने बताए ।
उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट हुँदै रुकुमपश्चिमको चौरजहारी अस्पतालमा पुगिसकेका छन् ।
सम्बन्धित









भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती
लामो दूरीका गाडी अब बसपार्कबाट मात्रै छुट्ने
एमाले महाधिवेशन : उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय (भिडियाे)
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
प्रतिक्रिया