विश्वकप क्रिकेट : बंगलादेशले पहिलो पटक श्रीलंकालाई हरायो

काठमाडौँ । जारी क्रिकेट विश्वकपमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २८० रनको लक्ष्य पछाएको बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २७९ रन बनाएको थियो ।
यो बंगलादेशको यस विश्वकपमा दोस्रो जित हो । यो जितपछि बंगलादेशको ८ खेलमा ४ अंक भएको छ र अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ ।
बंगलादेशले आइसीसी क्रिकेट विश्वकपमा श्रीलंकालाई पराजित गरेको यो पहिलो पटक हो ।
त्यसैगरी श्रीलंकाको यस विश्वकपमा यो छैटौं हार हो । यो हारपछि ८ खेलमा श्रीलंकाको ४ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।
बंगलादेश र श्रीलंका दुवै सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । अब बंगलादेशले आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्ने छ भने श्रीलंकाले न्यूजील्याण्डको सामना गर्ने छ ।
















प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया