भूकम्प अपडेट
मानवीय क्षति जाजरकोटमा बढी, भौतिक क्षति रुकुम पश्चिममा
जाजरकोटको तुलनामा रुकुम पश्चिममा तेब्बर बढी घरहरुमा क्षति

काठमाडौं । शुक्रबार राती जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले मानविय क्षति जाजरकोटमा बढी गरेपनि भौतिक क्षति भने रुकुम पश्चिममा गरेको तथ्यांकले देखाएको छ ।
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी कुल १५३ जनाको निधन भएको थियो । जसमध्ये जाजरकोटमा १०२ र रुकुम पश्चिममा ५२ जनाको निधन भएको थियो । तर, भौतिक क्षतिका रुपमा भने जाजरकोटको तुलनामा रुकुम पश्चिममा बढी क्षति पुगेको सरकारी तथ्यांकले देखाएको छ । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले मंगलबार बिहान सााढे १० बजेसम्म गरेको अध्यावधिक विवरणमा त्यस्तो देखिएको हो ।
भूकम्पमा परी जाजरकोट, रुकुम पश्चिम मात्र होइन, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछामसम्म भौतिक क्षति पु¥याएको छ ।
सवैभन्दा बढी मानविय क्षति भोगेको जाजरकोटको तुलनामा भौतिक घरबास क्षतिमा भने रुकुम पश्चिममा बढी भएको गृहको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले मंगलबार बिहान गरेको अध्यावधिक विवरणमा उल्लेख छ ।
भैतिक क्षतितर्फ जाजरकोटमा ७ हजार १ सय ६६ घर आंशिक क्षति पुगेको छ । ११ सय ७० घर जाजरकोठमा पूर्ण रुपमा क्षति भएको छ ।
तर रुकुम पश्चिममा जाजरकोटको तुलनामा झण्डै तेब्बरको संख्यामा घरहरुमा क्षति पुगेर भौतिक क्षति पुगेको छ । रुकमु पश्चिममा ९ हजार ९६१ घर आंशिक क्षति भएको छ भने १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको छ ।
यसरी हेर्दा जाजरकोटमा कुलमा ८,३३६ घरमा क्षति पुगेको छ । तर रुकुम पश्चिममा २६ हजार ५३१ घरमा क्षति पुगेको छ । जाजरकोटको तुलनामा यो संख्या तेब्बर बढी संख्याको भौतिक क्षति हो ।
हेर्नुहोस् विवरण


















साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया