गौतमबुद्ध रंगशालाको काम बागमती सरकार र भरतपुर महानगरले सुरु गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएका छन् ।
चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेपछि रंगशाला अलपत्र बनको थियो ।
मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा आएर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेर रंगशालाको काम अगाडि बढाउने सहमती गरेको प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिइन् ।
मोक्तानले महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको हो । ‘७५ करोडको ७० प्रतिशत लागत प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले बेहोर्छ,’ मोक्तानले भनिन् ।
उनले तिहार लगत्तै ठेक्का आह्वान हुने र ठेक्का पश्चात फिल्डको काम हुने तयारी गरिएको जानकारी दिइन् ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
प्रतिक्रिया