भूकम्पपीडितलाई राहत सामग्री लिएर पोखरा आइपुगे चिनियाँ जहाज
मेरोन्यूज
२०८० कार्तिक २२ गते १०:१३

काठमाडौं । जाजरकोट भूकम्पका पीडितलाई चीन सरकारले दिएको राहत बोकेर चिनियाँ सेनाका जहाज नेपाल आइपुगेका छन्।
चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित बुधबार बिहान पोखरा विमानस्थलमा अवतरण भएका हुन् ।
उक्त राहत सामग्री सरकारको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पुर्याउने तयारी छ। चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन् ।
गत शुक्रबार जाजरकोट केन्द्र भइ गएको भूकम्पपछि प्रभावितहरूका लागि चीनले १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया