एकद्वार प्रणालीले भुकम्प पीडितलाई राहत वितरणमा भद्रगोल

काठमाडौँ । जाजरकोटमा भूकम्प पीडितहरुको राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणाली मार्फत राहत वितरण गरिरहेको छ। भुकम्प गएको पाँच दिनसम्म पनि पीडितले सरकारी राहत नपाएको गुनासो गरिरहेका छन् ।
एकद्वार प्रणाली सकारात्मक भए पनि व्यवस्थित गर्न नसक्दा भद्रगोल भएर सरकारी तथा गैरसरकारी निकायबाट आएका राहत पीडितसम्म समयमा पुग्न सकेको छैन ।
देश तथा विदेशबाट राहत आए पनि अधिकांश भूकम्प पीडितले राहत नपाएको गुनासो गरिरहेका छन्। राहत सहयोग गर्नेहरूले समेत सहज रुपमा हस्तान्तरण गर्न नपाएको गुनासो गरेका छन्।
काठमाडौंबाट विभिन्न व्यक्ति र संस्थाहरुले पठाएको राहत लगेर जाजरकोट पुग्नेहरू राहत हस्तान्तरण गर्न समस्या भइरहेको बताउँछन् ।
काठमाडौंबाट पठाएको राहत दुई दिनसम्म पनि पीडितलाई धेरैले बुझाउन नसकिरहेका उनीहरू बताउँछन् । ‘कसैले कता लैजाउ भन्छन्। कसैले यहीँ रोक भन्छन्। कहाँ बुझाउने हो थाहा छैन। धेरै समस्या भएको छ,’ राहत लगेर भुकम्प प्रभावित क्षेत्रमा पुगेकाहरूको गुनासो छ ।
राहत वितरण गर्न आएका अधिकांश व्यक्तिहरुले आफुहरुलाई सास्ती भएको गुनासो गरेका छन्।
पाउनेहरूले पनि एकद्वार प्रणालीले ढिला हुँदा पाएको राहतले आफूलाई अपुग भएको बताउँछन् । भेरी नगरपालिका–१ रावत गाउँका गौतम विकले पाएको राहत आफूलाई अपुग भएको बताए ।
‘तीन दिन अगाडी दिएको एक कट्ठा चामल सकिन लाग्यो। आठ जनाको परिवारलाई साँझ बिहान खाँदा सकियो,’ विकले भने, ‘बिहानदेखि लाइनमा बसेर बल्लतल्ल ल्याइयो। अब चामल कहिले आउने हो ? थाहा छैन। पालको बसाई कष्टकर भएको छ।’
स्थानीय प्रशासनले मापदण्ड बनाएर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने सर्वदलीय सहमति गरे पनि त्यो प्रभावकारी हुन सकिरहेको छैन ।
गोदाममा राहतको चाङ छ। राहतका लागि विभिन्न निकायबाट सहयोग पनि जुटिरहेको छ। तर, सदरमुकाम खलंगाबाट नजिकै रहेका रावतगाउँ, कोलचौर र नलगाड नगरपालिकाकै अधिकांश वडामा पर्याप्त राहत पुगेको देखिएन। बारेकोट र कुशे गाउँपालिकामा पनि पर्याप्त राहत नपाएको पीडितहरूले गुनासो गरेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहका केन्द्रसम्म सबै खालका राहत सामग्री पठाइसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।
एकद्वार प्रणालीमा राहत वितरण गर्दा प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी सुनारले दावी गरे।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया