बिहीबार, फागुन २८, २०८२

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मेरोन्यूज २०८० कार्तिक २४ गते ६:४१

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख रकम उपलब्ध गराएको छ ।
छाँयानाथ रारा–१० चरापगाउँका देवीकृष्ण कामीको जोडीले अन्तरजातीय विवाह गरेपछि उनको जोडीलाई छायाँनाथ रारा नपाले प्रोत्साहनबापत रु एक लाख उपलब्ध गराएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छायाँनाथ रारा नपा–१० का २५ वर्षीय देवीकृष्ण विकबीच दुई वर्षसम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्धपछि दुवै जनाको सहमतिमा गएको माघ १३ गते विवाह भएको रञ्जिताले बताइन् ।

छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा दलित नीति पास गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम उपलब्ध गराउने नीति पास गरेको थियो । कर्मचारी र जनप्रतिनिधिले जानकारी दिएपछि मात्र आफूहरूले थाहा पाएको र नगरपालिकामा आवश्यक काजपत्र पेश गरेर प्रोत्साहन भत्ता लिएको देवीकृष्ण विकले बताए ।

नगरपालिकाको १२औँ नगरसभाले पास गरेको दलित नीतिअनुसार आव २०७९/८० साउन १ गतेदेखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरप्रमुख स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त निवेदनअनुसार रु एक लाख रकम व्यवस्था गरिएअनुसार पहिलोपटक यो जोडीलाई रु एक लाख उपलब्ध गराएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

प्रतिक्रिया