अब टेक्नो मोबाइलका दुई नयाँ फोन, POVA 5 र CAMON 20 नेपाली बजारमा उपलब्ध

काठमाडौं । अन्तराष्ट्रिय बजारमा निकै लोकप्रिय TECNO मोबाइलका दुई नयाँ फोन, एPOVA 5 र CAMON 20 नेपाली बजारमा उपलब्ध हुने भएका छन्।
टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यि दुई मोबाइल नेपाली उपभोक्ताको आवस्यकता र रोजाईलाइ मध्यनजर राख्दै नेपाली बजारमा भित्र्याएको जनाएको छ।
पोभा मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा फाइप विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरुले निकै रुचाउनेमा विश्वस्त रहेको वितरक कम्पनीले जनाएको । ८+८जिबिको र्याम, १२८ जिबिको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जर सहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिने वितरण कम्पनीले जनाएको छ।
६०००mAh को ब्याट्रीका साथ आउने POVA 5 ६.७८ इंच FHD+Dot-in डिस्प्लेमा उपलब्ध छ। यसमा जडित ‘भ्यापर च्याम्बर’ ले फोन नतात्ने र ६nm प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ। 50 मेगा पिक्सेलको एच डि डुअल रेअर क्यामेरा POVA 5 मोबाइलको अर्को आकर्षक फिचर हो।
त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरुको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, CAMON 20 मोबाइल। ६४ मेगा पिक्सलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेराको साथमा CAMON 20 आकर्षक ७.८ मिमि पातलो डिजाइनमा उपलब्ध छ।

६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो। CAMON 20 को ५०००mAh को ब्याट्री र ८+८ जिबि र्यामले प्रयोगकर्तालाइ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ।
नयाँ प्रविधिको प्रयोग गर्न र नौलो अनुभव गर्न सधैँ उत्साहीहरुका लागि TECNO का यी दुई फोन, POVA 5 र CAMON 20, सहि र उचित रोजाई बन्नेछ। यो चाड पर्वको अवसरमा नयाँ मोबाइल किन्न वा किनिदिन इच्छुकहरु अब धेरै अलमलमा नपर्ने वितरक महालक्ष्मी मोबाइल्सले विश्वास लिएको छ।
















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया