आइतबार, वैशाख २७, २०८३

विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

मेरोन्यूज २०८० कार्तिक २४ गते १८:४५

काठमाडौं । विश्वकप छनोटअन्तर्गत युएईसँग खेल्ने नेपाली टिमको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघले किरन कुमार लिम्बुको कप्तानीमा टोली घोषणा गरेको हो।

Advertisement
NiccNicc

जसमा सनिश श्रेष्ठ, रोहित चान्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विस्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिश डाँगी, सेसेहाङ विस्ट, राजेश परियार रहेका छन्।

त्यस्तै टोलीमा अन्जन विस्ट, आयुष घलान, गिलिएस्पी जंग कार्की, हिसुद थपलिया, सन्जीव विस्ट, राजेश परियार, दीप कार्की र अभिषेक बराल रहेका छन्। त्यस्तै डीफेन्डर अनन्त तामाङ घाइते भएकाले टिममा पर्न सकेनन्।

नेपाली टोलीले बिहीबार युएईसँग खेल्दैछ। त्यसका लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जानकारी दिएको छ।

प्रतिक्रिया