इन्टरनेट सेवा प्रदायकलाई टिकटक तत्काल बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक तत्काल बन्द गर्न निर्देशन दिएको छ । प्राधीकरणले सरकारको निर्णय कार्यान्वयन गर्दै टिकटक तत्काल बन्द गर्न मंगलबार सूचना जारी गरेको छ।
केही इन्टरनेट प्रदायक नेटवर्कमा टिकटक अझै चलिरहेको हुनाले तत्काल रोक लगाउने सम्बन्धमा प्राधिकरणले मंगलबार सूचना जारी गरिएको जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा लेखिएको छ, नेपाल सरकार मन्त्रिपरिषदको २०८०र०७र२७ गतेको बैठकबाट सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र प्रयोग भइरहेको भन्ने बुझिन आएकाले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ।
प्राधीकरणले यो निर्देशन, आदेश पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनरआदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने व्यहोरा समेत सूचनामा उल्लेख गरेको छ।
यसअघि सोमबार सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयपछि सोमबारै प्राधिकरणले बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । निर्देशन बमोजिम एनटीसी, एनसेल, भायानेट, वर्ल्डलिंक र सुबिसुले आफ्नो नेटमा टिकटक एप नचल्ने बनाइसकेका छन् ।

यसअघि सोमबार सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयपछि सोमबारै प्राधिकरणले बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । निर्देशन बमोजिम एनटीसी, एनसेल, भायानेट, वर्ल्डलिंक र सुबिसुले आफ्नो नेटमा टिकटक एप नचल्ने बनाइसकेका छन् ।
















National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
भारी हिमपातले मध्यपहाडी लोकमार्ग पुन:अवरुद्ध, सयौँ यात्रुहरु अलपत्र
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रतिक्रिया