पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले दिए राजीनामा
मेरोन्यूज
२०८० कार्तिक २९ गते २१:०३

काठमाडौं । पाकिस्तान क्रिकेट टिमको कप्तान बाबर आजमले राजीनामा दिएका छन्। बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन्।
भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए।
विश्वकपको सेमिफाइनल पुग्न नसकेको पाकिस्तानले समूह चरणमा ९ खेल मध्ये ४ खेलमा मात्र जित निकालेको थियो।
बाबरले विश्वकपमा नौ खेलमा ३२० रन बनाएका थिए। पाकिस्तानका लागि तेस्रो उच्च रन बनाएका उनको ४० को औसत र ८२.९० को स्ट्राइक रेट थियो।
उनलाई २०१९ मा पाकिस्तानको कप्तानको जिम्मेवारी दिइएको थियो। उनी पछिल्लो समय एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहे पनि यसै महिना भारतका शुभमन गिलले पछि पारेका थिए।

सम्बन्धित
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया