विश्वकप छनोट :आज नेपालले यूएईको सामना गर्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ।
आज यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ। समू एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्दैछ।
फिफा वरियतामा यूएई ६९ र नेपाल १ सय ७३ औं स्थानमा छ। यसअघि विश्वकप छनोट खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी मात्र छन्।
नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट यूएईविरुद्धको खेलमा छन्।
टोलीका अर्का डिफेन्डर अनन्त तामाङ भने प्रशिक्षणमा घाइते भएपछि यूएईविरुद्धको टोलीबाट बाहिर छन्। विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो।
नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया