आईसीसी विश्वकप सेमिफाइनल
दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलियाको सानदार बलिङ

काठमाडौं । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलियाले सानदार बलिङ सुरुवात गरेको छ ।
इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले १२ ओभरमा ४ विकेट गुमाउँदै २८ रन बनाएको छ । दक्षिण अफ्रिकाका डेविड मिलर ४ र हेनरिक क्लासेन २ रनमा खेलेका छन् ।
मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।
यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ठूलो शर्टको धुनमा बल हाइ जादा प्याट कमिन्सले उत्कृष्ट क्याच लिएका थिए ।
स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए । हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि दक्षिण अफ्रिका ११।५ ओभरमा २४(४ को दयनीय अवस्थामा पुगेको थियो ।
यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।
















कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया