आईसीसी विश्वकप २०२३
दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको छ ।
अब अष्ट्रेलियाले फाइनलमा भारतसँग आइतबार खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएर फाइनल यात्रा पक्का गरेको थियो ।
अष्ट्रेलियाले यो सँगै आठौं पटक फाइनलमा स्थान बनाएको हो।
जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७। २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । मिचेल स्टार्क ३५ बलमा २ चौकासहित १६ र प्याट कमिन्स २९ बलमा २ चौकासहित १४ रनमा नट आउट रहे ।
अष्ट्रेलिया ओपनर ट्रविस हेडले ४८ बलमा ९ चौका र २ छक्कासहित ६२ रन बनाए । अर्का ओपनर डेविड वार्नर १८ बलमा १ चौका र ४ छक्कासहित २९ रन बनाए ।
पहिलो विकेटका लागि वार्नर र हेडले ६.१ ओभरमा ६० रनको आक्रमक सुरुवात दिलाएका थिए । वार्नर एडेन माक्ररमको बलमा बोल्ड आउट भए । हेड अर्का स्पिनर केशव महाराजको बलमा बोल्ड आउट भए ।
मिचेल मार्श रबाडाको बलमा शुन्यमा क्याच आउट भए । एक समय अष्ट्रेलिया १४ ओभरमा १०६.२ को अवस्थामा थियो । हेड बोल्ड भएपछि दक्षिण अफ्रिकाका स्पिनरले खेललाई रोचक वनाएका थिए ।
कोलकाताको स्पिनर सहयोगी टर्न पिचमा केशब महाराज र तबरेज शाम्शिले दबाब बढाएका थिए । शाम्सीको बलमा ठूलो सर्टको धुनमा ग्लेन म्याक्सवेल एक रनमा बोल्ड आउट भए ।
मार्नस लाबुसेन ३१ बलमा २ चौकासहित १८ रनमा आउट भए । स्टिभ स्मिथ ६२ वलमा २ चौकासहित ३० रनमा क्याच आउट भए ।
जोश इंग्लिस ४९ बलमा ३ चौकासहित २८ रनमा सातौं विकेटको रुपमा आउट भए । उनी कोट्जीको बलमा बोल्ड भएपछि जितको लागि २० रन चाहिदा हातमा ३ विकेट थियो ।
दक्षिण अफ्रिकाका तबरेज शम्सीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जेराल्ड कोट्जीले दुई विकेट लिए । कागिसो रबाडा, एडेन माक्ररम र केशव महाराजले १-१ विकेट लिए ।
दक्षिण अफ्रिकाले सुरुआती खेलमा कमजोर ब्याटिङ गरेको थियो । अष्ट्रेलियाले भने बलियो बलिङ सुरुवातको चरणमा गरेको थियो ।
इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९. ४ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको सानदार शतकीय साझेदारी गरे । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।
एक समय २४।४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।
यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ठूलो शर्टको धुनमा बल हाइ जादा प्याट कमिन्सले उत्कृष्ट क्याच लिएका थिए ।
स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए । हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि दक्षिण अफ्रिका ११।५ ओभरमा २४९४ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि मिलर र हेनरिक क्लासेनले १ सय १३ बलमा ९५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
स्पिनर ट्रविस हेडको ३१ औं ओभरको चौथो बलमा क्लासेन बोल्ड आउट भए । लगत्तै अर्को बलमा मार्को यानसन एलबीडब्लू आउट भए ।
जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भए । प्याट कमिन्सको सर्ट बलमा उनी विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए । उनले मिलरसँग मिलेर सातौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया