बिहीबार, मंसिर १८, २०८२

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरु)

मेरोन्यूज २०८० मंसिर ३ गते १७:५८

काठमाडौँ । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।

तराई मिथिलाका क्षेत्रका साथै काठमाडौँमा पनि अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुनेछ।

व्रतालुहरुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ।

प्रतिक्रिया