बिहीबार, चैत १९, २०८२

विश्वकप जित्न भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

मेरोन्यूज २०८० मंसिर ३ गते १८:११

काठमाडौं । एकदिवशीय विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धसतक बनाए । विराटले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे। केएल राहुलले १०७ बलको सामना गर्दा मात्रै एक चौकाको मद्दतमा ६६ रन जोडे।

यस्तै कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अस्ट्रेलियाका लागि मिचेल स्ट्राकले ३ विकेट लिए।

भारत र अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा दोस्रो पटक भिडेका हुन्। यसअघि २००३ मा अस्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेको थियो।

प्रतिक्रिया