आइतबार, वैशाख २७, २०८३

माइतीघरमण्डलादेखि बानेश्वरसम्म एक महिनासम्म निषेधाज्ञा जारी (निर्णयसहित)

मेरोन्यूज २०८० मंसिर ४ गते १८:५१

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंको माइतीघरमण्डला देखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

Advertisement
NiccNicc

काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले माइतीघरमण्डलादेखि बानेश्वरसम्म आजकै मितिदेखि लागु हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

त्यस्तै, शित्तल निवास क्षेत्र, प्रधानमन्त्री तथा बालुवाटार क्षेत्र, संसद भवन नयाँ बानेश्वर क्षेत्र, सिंहदरवार क्षेत्र र उपराष्टपति कार्यालय रहेको हरितगृह क्षेत्र लैनचौरमा भने दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

निषेधित क्षेत्र घोषणा भएपछि अब यी क्षेत्रमा ५ जना भन्दा बढी मानिसहरु जम्मा हुने, भेला हुने, जुलुस निकाल्ने, धर्ना, घेराउ गर्ने, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्न प्रम्ुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौंमा विभिन्न जिल्लाबाट अवाच्छित रुपमा मानिसहरुको आवतजावत बढ्न सक्ने भएकाले सुरक्षा निकायका सबै अंगहरुको समन्वय गरेर निगारानी र चेकजाँचमा कडाई गर्ने निर्णय पनि भएको छ ।

नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने स्थान, समय सबै एकै स्थान माइतीघर मण्डलामा हुने देखिएपछि सुरक्षा समितिको बैठक बसेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

हेर्नहोस आजको बैठकका निर्णयहरु

प्रतिक्रिया