आइतबार, वैशाख २७, २०८३

दुर्गा प्रसाईंको भेलामा आएका महिला मध्यरातमा लखेटिए, एमालेको चाैतर्फी आलोचना

मेरोन्यूज २०८० मंसिर ६ गते १२:१६

काठमाडौं । दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरु मध्यराति होटलबाट लखेटिएका छन्।

Advertisement
NiccNicc

इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियो सार्वजनिक भएपछि लोकतन्त्रमा विरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको एमाले सम्बद्ध कार्यकर्ताले हनन गरेको भन्दै तीव्र आलोचना भइरहेको छ।

भिडियोलाई युवा संघले अस्वीकार गर्दै आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भएको बताएको छ ।

प्रतिक्रिया