आइतबार, वैशाख २७, २०८३

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

मेरोन्यूज २०८० मंसिर ६ गते १२:४५

काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक केहिबेरअघिबाट तुल्सीलाल स्मृति हल, च्यासल, ललितपुरमा सुरु भएको हो।

Advertisement
NiccNicc

एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्धनका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको छ । उसले मध्यपहाडी लोकमार्गमा तीन साता लामो विशेष अभियान सञ्चालन गर्दै छ। मंसिर १४ गते अभियान सुरु हुनेछ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाटदेखि चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अभियान एमालेले अघि सारेको छ, त्यसैको तयारीबारे आजको केन्द्रीय समिति बैठकामा छलफल हुने एजेण्डा रहेको छ ।

अध्यक्ष ओलीले बैठकमा यसै विषय र समसामायिक राजनीतिबारे केन्द्रीत रहेर एक प्रतिवेदन प्रस्तुत गर्नेछन्। पछिल्लो समसामयिक राजनीतिका विषयमा केन्द्रित उक्त प्रतिवेदनमाथि केहीबेर केन्द्रीय समितिमा छलफल हुनेछ। बैठक आजै सकिनेछ ।

आजको बैठकमा भोलि दुर्गा प्रसाईले गर्न लागेको काठमाडौं केन्द्रीत प्रर्दशन र एमलेको जनवर्गीय संगठन युवा विधार्थीले गर्न लागेको प्रर्दशनका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया