पार्टी प्यालेसबाट महिलाहरूलाई निकालेको घटनामा युवा संघको संलग्नता छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर लोकन्थलीस्थित पार्टी प्यालेसबाट महिलाहरूलाई लखेटेको घटनामा युवा संघको संलग्नता नभएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले एमालेलाई विभिन्न झुट्टा आरोप लगाएर बदनाम गर्ने काम भइरहेको बताए।
‘अहिले स्वार्थी तत्वहरू सडकमा खुलेआम छन्, हामीलाई बदनाम गराउन लागिपरेका छन्,’ उनले भने, ‘भिडिओ आएपछि मैले युवासंघका साथीहरूलाई फोन गरेर सोधें, उहाँहरूले पनि भिडिओ हेरेर थाहा पायौं भन्नुभएको छ, युवा संघको संलग्नता छैन भन्नुभएको छ।’
ओलीले यस्ता घटनामा जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए।
मंसिर ७ गते बल्खु क्षेत्रमा हुने दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरु मंगलबार मध्यराति होटलबाट लखेटिएका थिए ।















बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया