दुर्गा प्रसाईंको र्यालीमा राष्ट्रिय झण्डाको दुरुपयोग, के हुन्छ सजाय ?

काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईंको र्यालीमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ । कानुनतः निषेध गरिएको शैलीमा राष्ट्रिय झण्डाको प्रयोग गरेर प्रसाईंका समर्थक्हरुले र्यालीमा राष्ट्रिय झण्डा प्रयोग गरेका छन् ।
उनीहरुले झण्डा उल्टो प्रयोग गरेको भेटिएको छ ।
हेर्नुहोस तस्विर :

नेपालको राष्ट्रिय झण्डा कस्तो हुन्छ रु तीनकुने आकारको चन्द्र माथि र सूर्य तल। रातो पृष्ठभूमिमा सेतो चन्द्र सूर्य र किनारा निलो। यही हो हाम्रो राष्ट्रिय पहिचान। तर चन्द्र सूर्य नभई सूर्य माथि र चन्द्रमा तल हुने गरी प्रसाईंका समर्थकहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भेटिएको छ ।
कानुनत राष्ट्रिय झण्डा उल्टो प्रयोग गर्न पाइदैन । यो बर्जित छ ।
कसैले उल्टो आकारमा झण्डा झुण्ड्यायो कुनै औपचारिक कार्यक्रममा भने त्यसलाई राष्ट्रिय झण्डाको मान भन्ने कि अपमान रु
प्रसाईको कार्यक्रम र्यालीमा झण्डा उल्टो प्रयोग गरेर कानुनले बर्जित गरेको शैली अपनाइएको छ ।
राष्ट्रिय झण्डामा अंकित चन्द्र सूर्यलाई तलमाथि पर्ने गरी उल्टो राख्न कानुनतः निषेध छ । हेर्नुहोस् राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि

त्यसो भए के हुन्छ ?
झण्डाको दुरुपयोग गरेको भेटिएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिवाना वा दुवै सजाय पनि हुनसक्छ।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया