दुर्गा प्रसाईंका सहप्रवक्ताले भने- भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्द गछौं

काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईं समुहले भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्दाको चेतावनी दिएको छ । बल्खुमा आफनो कार्यक्रममाथी प्रहरी दमन भएको र त्यसको विरोधमा भोलि देखि अनिश्चितकालिन रुपमा काठमाडौं बन्द गर्ने निर्णयमा आफुहरु पुगेको प्रसाईंको अभियानका सहप्रवक्ता समेत रहेका राजानन्द माण्डब्यले जानकारी दिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नाममा प्रसाईंले आज काठमाडौंमा शक्ति प्रर्दशन गरेका छन् । काठमाडौंका विभिन्न आठ स्थानबाट निकालेको जुलुश र रयाली बल्खुमा पुगेर भेलामा परिणत भएको थियो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
त्यसक्रममा त्यहाँ प्रहरी र प्रर्दशनकारीका बीच्मा झड्प भएको थियो । झडपमा परी १३ जना आफुहरुको घाइते भएको र एक् जना ६० वर्षको बृद्दको अबस्था गम्भिर रहेको प्रसाईको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डब्यले जानकारी दिए ।
‘प्रहरीले बल प्रयोग गरेको छ । हाम्रो तर्फ १३ जना साथीहरु घाइते हुनुभएको छ । त्यसमध्ये एक् जना ६० वर्षका बृद्दको अबस्था गम्भिर छ,’ सहप्रवक्ता माण्डब्यले मेरोन्यूजसँग भने,–‘प्रहरी दमनको विरोधमा हामी भोलि देखि अनिश्चितकालिन काठमाडौं बन्द गछौं ।’
















आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
नेपाललाई क्यानडाले दियो १६२ रनको लक्ष्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया