उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय
पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउनेसम्मको आदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई काठमाडौं जिल्ल अदालतले २ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई कैद सजायाँ सुनाएको हो ।
उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा उनीहरुलाई अदालतले दोषी ठहर गरेको हो ।
उनीहरुबाट पीडित शिक्षक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत अदालतले गरेको छ । आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार फैसला सुनुवाइ सुरु भएको थियो । दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।
जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ सकिएर आज फैसला आएको हो । इजलास नम्बर २६ मा भएको सुनुवाइमा चलाउनेको पक्षबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, बसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गरेका थिए ।
यस्तै सरकारी वकिलहरु चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गरेका थिए । प्रतिवादीको तर्फबाट योगेन्द्रबहादुर अधिकारी, शेरबहादुर केसी, दयानाथ खरेल, उज्ज्वलराज घिमिरेलगायतले बहस गरेका थिए ।
















प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया