दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरीको बल प्रयोग कति ?
१५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरको गोली प्रहार

काठमाडौं । राजावादी अभियान्ताका रुपमा देखिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आज काठमाडौंमा शक्ति प्रर्दशन देखाएको छ । काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानबाट र् याली निकालेर बल्खुमा भेला भएका प्रसाईंको आन्दोलनमा प्रहरीले बल्खु क्षेत्रमा बल प्रयोग गर्नु परेको थियो ।
सामान्यतया कोटेश्वर क्षेत्रमा एमालेको युवा विद्यार्थीहरुसँगको झडपमा उत्रिएको प्रसाईंका आन्दोलनमा सहभागीसँग भने बल्खु क्षेत्रमा भने प्रहरीको राम्रैसँग केही समय झडप भएको थियो ।
प्रहरीले लगाएको छेकबार तोडेर त्रिपुरेश्वरतिर अगाडी बढ्ने भन्द्र प्रसाईका आन्दोलनकारी अगाडी बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनका लागि पानीको फोहोरा देखि अश्रुग्याँस देखि रबरको गोली समेत प्रहार गरेको थियो ।
प्रहरीका अनुसार प्रसाईंको आन्दोलनका क्रममा प्रहरीले १ सय ५७ सेल अश्रुग्यास प्रहार भएको जनाएको छ । बल्खुमा भएको प्रदर्शनका क्रममा भएको झडप नियन्त्रण गर्नका लागि मात्रै प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो।
काठमाडौं उयत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार वाटर क्याननबाट पानीको फोहोरा, १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरको गोली प्रहार गरिएको हो।
प्रारम्भिक विवरण अुनसार प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको पनि मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएका थिए। तीमध्ये १७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।

















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया