मंगलबार, माघ २७, २०८२

गृहमन्त्रीकाे सचिवालय भन्छ- दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो हो

मेरोन्यूज २०८० मंसिर ८ गते १४:१६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नजरबन्दमा परेको भन्ने प्रचार झुटो भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

शुक्रबार प्रसाईं नजरबन्दमा परेको भन्दै सामाजिक सञ्जालमा आएपछि सचिवालयले यस्तो जनाएको हो ।

‘दुर्गा प्रसाईं गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत झुट र काल्पनिक हल्ला मात्रै हो’ सचिवालयले भनेको छ ।

साथै हिजोको प्रदर्शनमा द्वीपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको सचिवालयले जनाएको छ ।

‘केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा मात्रै प्रयोग गरिएको’ सचिवालयले भन्याे ‘प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको सबैमा अवगत नै छ ।’

प्रतिक्रिया