आइतबार, वैशाख २७, २०८३

दुर्गा प्रसाईंले साढे ४ बजे निवासमै पत्रकार सम्मेलन गर्दै

मेरोन्यूज २०८० मंसिर ८ गते १६:२०

काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

Advertisement
NiccNicc

बिहिबारदेखि काठमाडौँमा आन्दोलन थालेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिएको छ ।

प्रसाईं भने शुक्रबार घरबाट बाहिर निस्केका छैनन्। यसैबीच उनी निवासमै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रतिक्रिया