राजतन्त्रका षड्यन्त्रकारी सल्बलाए अर्को जनयुद्ध हुन्छ : विप्लव

रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले पछिल्लो समय देशमा केही लुटेराहरू सल्बलाएका भन्दै त्यसको जमेर प्रतिवाद गर्ने बताएका छन् ।
उनले प्रतिगमनकारीहरुको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी समेत दिए ।
शुक्रबार रोल्पाको थबाङमा आयोजित १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने उद्घोष गरेका हुन्।
कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउन खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदै छ, षड्यन्त्रको सपना नदेखे हुन्छ।’ महासचिव विप्लवले भने, ‘पछिल्लो समय देशमा केही लुटेराहरू सल्बलाएका छन्। यो एकैछिनको नाटक हो। यो षड्यन्त्रको जमेर प्रतिवाद गरिन्छ ।’
महासचिव विप्लवले चुनवाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरूले नबुझेको समेत आरोप लगाए।
‘चुनवाङ बैठकपछि काठमाडौँ उत्रेका हौँ। तर परिस्थिति उल्टो बन्यो। कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो,’ उनले भने।
विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको बताए।
जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौँमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको उनको तर्क थियो।
इमानदार माओवादीले जनता, सहिद र घाइतेलाई बिर्सन नहुने उनले बताए। ‘हामी ज्युँदै छौँ भन्न रोल्पा आएका हौँ,’ उनले भने।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया