नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्स विजयी

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा बेलुकी सम्पन्न खेलमा काठमाडौँ रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । राजीव लोप्चनले गरेको एक गोल नै काठमाडौँका लागि निर्णायक गोल सावित भयो । राजीवले खेलको ५१औँ मिनेटमा गोल गरे । उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ ।
पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबीच हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीवीच प्रतिस्पर्धा हुनेछ । आगामी पुस १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । जसमा काठमाडौँ रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।
त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी छन् । सबै टोलीले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले रु ७० लाख पाउने आयोजकले जनाएको छ ।
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया