बिहीबार, मंसिर १८, २०८२

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमापातको सम्भावना

मेरोन्यूज २०८० मंसिर ९ गते ७:४४

काठमाडौँ । हालदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देखी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको रहेको छ , भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै माहाशाखाका अनुसार शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने देखिएता पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया