आइतबार, वैशाख २७, २०८३

कोशी सरकारले आज बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै

मेरोन्यूज २०८० मंसिर ९ गते १०:०१

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।

Advertisement
NiccNicc

शनिबा्र दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ ।

प्रदेश सभा सचिवालयका अनुसार कोसी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई प्रस्तावका रुप प्रदेश सभा बैठकमा पेश हुन लागेको हो ।

यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालू आर्थिक वर्षका लागि अध्यादेशबाट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए । उक्त बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि कार्कीले २४ भदौमा पुन: प्रतिस्थापन विधेयक ल्याएका थिए ।

प्रतिक्रिया