आइतबार, वैशाख २७, २०८३

भारतमा संगठन नभएको भए जनयुद्ध १० वर्षसम्म जाँदैनथ्याे : प्रधानमन्त्री

मेरोन्यूज २०८० मंसिर ९ गते १८:१३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन्।

Advertisement
NiccNicc

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुसीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताएका हुन् ।

उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको बताए। उनले भारतमा भएका लाखौँ नेपालीहरूलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका स्व।पाख्रिनले गरेको जिकिर गरे ।

उनले भने, ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरू भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौँ ।

प्रतिक्रिया