प्रधानमन्त्रीसँग को- को जाँदैछन् युएई ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आगामी मंसिर १३ गते संयुक्त अरब इमिरेट्स (युएई) जाँदैछन् ।
संयुक्त राष्ट्रसंघीय जलबायु परिवर्तनको २८ औं सम्मेलन (कोप–२८)मा नेपाली टोलीको नेतृत्व गरेर प्रधानमन्त्री युएई जान लागेका हुन् ।
यसपटक नेपाली प्रतिनिधिमण्डलकोनेतृत्व प्रधानमन्त्री प्रचण्ड आफैले गर्न लागेका हुन् । उनले यो सम्मेलनलाई निक्कै अर्थपूर्ण रुपमा लिने र सम्मेलनमा नेपालले प्रष्टसाग आफनो धारणा मुखरित गर्ने बताउँदै आएका छन् ।
उनी १७ मंसिरमा मात्रै स्वदेश फर्किने छन् ।
उनीसँग १० जनाको टोली त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आफनो भ्रमण टोलीको सदस्य सकभर सानो, भरपर्दाे र छरितो बनाउन गरेको आग्रहका आधारमा प्रधानमन्त्रीको सचिवालयले जाने टिमको तयारी थालेको छ । यधपी, को को जाने भन्ने बारेमा मन्त्रिपरिषद्ले कुनै निर्णय भने लिईसकेको छैन ।
प्रधानमन्त्रीले सुरक्षाकर्मीबाहेक बढीमा १० जना भन्दा ठूलो टिम नबनाउन निर्देशन गरेको सचिवालय स्रोतले बताएको छ ।
प्रधानमन्त्रीसँग प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, प्रधानमन्त्रीका विकास ब्यवस्थापन तथा वातावरणविद् डा पपुलर जेन्टल भुसाल, बन तथा वातावरण मन्त्री वीरेन्द्र महतो, बन तथा वातावरण सचिव दीपककुमार खराल र अर्थ सचिव कृष्णहरी पुष्कर भ्रमण टोलीमा पर्नेछन् ।
प्रधानमन्त्रीको टोली बाहेक पनि बन तथा वातावरण मन्त्रालयले नीति निर्माण गर्ने ब्यक्तिको छुट्टै टोली बनाएको छ । यसरी नेपालबाट प्रधानमन्त्रीको तहमा र बन मन्त्रालयको तहमा गरी दुई टोली कोप सम्मेलनमा भाग लिनेछन् ।
सम्मेलनमा नेपालले आफनो तर्फबाट जलबायु परिवर्तनमा गरेका कामको विभिन्न ३६ वटा प्रस्तुती दिने तयारी गरेको छ ।
प्रधानमन्त्रीले त्यहाँ रहँदा विभिन्न देशका प्रतिनिधिहरुसँगको उच्चस्तरीय भेटघाट पनि गर्नेछन् ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
प्रतिक्रिया