राजस्थान विधानसभा चुनाव : ५७.२४ प्रतिशत मतदाताद्वारा मतदान

नयाँ दिल्ली । राजस्थानमा शनिवार भएको विधानसभा निर्बाचनमा साँझ छ बजेसम्ममा ५७.२४ प्रतिशत मतदाताद्वारा मतदान गरेका छन् ।
निर्वाचन आयोगका अनुसार बागीदोरामा ७८.२१ प्रतिशत र राजधानी जयपुरमा ६९.२२ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म जैसलमेरमा ६५.५७ प्रतिशत, गंगानगरमा ७२.०९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी पोकरन निर्वाचन क्षेत्रमा ८१.१२ प्रतिशत मतदान भएको छ ।
कांग्रेस उम्मेदवार गुरमीत सिंह कुनारको निधनभएको भन्दै करनपुर विधानसभा निर्वाचन क्षेत्रको आज नै हुने मतदान यस अघि नै स्थगित गरिएको थियो ।
राजस्थान बिधानसभाका कूल २०० सदस्यका लागि पाँच करोड २६ लाख ९० हजार १४६ मतदाताले ५१ हजार ५०७ मतदान केन्द्रमा गर्ने मतदानबाट राजस्थानका १८३ महिलासहित एक हजार ८७५ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।
यस पटकको निर्बाचनमा भारतीय जनता पार्टीकी उम्मेदवार एवम् पूर्व मुख्यमन्त्री वसुन्धरा राजे झलारापाटनबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । यहाँबाट सन् २००३ देखि नै पार्टीका वरिष्ठ नेताले यो सीट जित्दै आएका छन् ।
चर्चामा रहेका सिटमध्ये टोंक पनि एक हो, जहाँ काङ्ग्रेसका प्रमुख नेता तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलटले भाजपाका अजित सिंह मेहतासँग प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०१८ को चुनावमा पायलटले भाजपाका युनुस खानलाई ५४ हजार १सय ७९ मतअन्तरले पराजित गरेका थिए ।
त्यस्तै, राजस्थान कांग्रेसका अध्यक्ष गोविन्द सिंह डोटासराले लच्छमानगढ निर्वाचन क्षेत्रमा भाजपाका सुभाष मेहरियासँग प्रतिस्पर्धा गरेका छन् ।
राजस्थान मुख्य निर्वाचन अधिकृतका अनुसार निर्वाचनलाई शान्तिपूर्ण मतदानको वातावरण बनाउन र स्वच्छ र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनका लागि एक लाख दुई हजार २९० सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
राजस्थानमा सन् २०१८ मा भएको निर्वाचनमा काङ्ग्रेसले ९९ सिट जितेको थियो भने भाजपाले ७३ सिट जितेको थियो ।
वर्तमान् मुख्यमन्त्री तथा भारतीय राष्ट्रिय काङ्ग्रेस ९काङ्ग्रेस–आई० का नेता अशोक गहलोतले बहुजन समाजवादी पार्टीका विधायक र स्वतन्त्रहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया