शुक्रबार, वैशाख २५, २०८३

रास्वपाको संयुक्त बैठक महोत्तरीमा बस्दै, यस्ता छन् एजेण्डा

मेरोन्यूज २०८० मंसिर १० गते ११:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि सुरु हुने भएको छ ।

Advertisement
NiccNicc

महोत्तरीको जलेश्वरमा सुरु हुने उक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरुको सहभागिता रहने छ । बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिए ।

महासचिव मुकुलका अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।

प्रतिक्रिया