केपी ओली कप : लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको छ ।
पोखरामा भएको खेलमा लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा अल आउट भयो ।
हारसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । उसको हारको कारण एपीएफ भने सेमिफाइनलमा पुगेको छ।
गण्डकीका लागि सुदीप अर्यालले २४ बलमा ३५ रन बनाए । कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३९२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रनको योगदान दिए।
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया