दुर्गा प्रसाईंको आन्दोलन मथ्थर, ‘स्वरुप फेर्ने’बारे छलफल
आन्दोलनमा सहभागीहरुका तीन थरी मत, सबै आ-आफ्नो रोटी सेकाउने तरिकाले आएको प्रसाईं समुहको विश्लेषण

काठमाडौं । ब्यवस्था नै उल्टाउने र पूनः राजतन्त्र स्थापना गर्ने उदेश्यले दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मथ्थर भएको छ ।
अभियान घोषणको चौथो दिनमै आन्दोलन निष्प्रभावी बन्न पुगेको हो । आन्दोलनमा सहभागिता नै ‘लाजमर्दाे’ देखिन थालेपछि प्रसाईंले बुद्धिमतापूर्वक आजका लागि तय भएका कार्यक्रम आफैै स्थगित गरेका छन् । अर्थात, प्रसाईले आज भक्तपुरमा मोटरसाइकल ¥याली निकाल्ने र प्रसाईंको घर छेउमा प्रर्दशन गर्ने कार्यक्रम बनाएका थिए ।
तर दिनुहँ मानिस घटने र आज त झन् उपस्थिती नै लाजमर्दाे देखिने अवस्था आएपछि कार्यक्रम नै प्रसाई समुहले स्थगित गरिएको छ । प्रसाई समुहले अबको आन्दोलन थप प्रभावकारी बनाउने विषयमा छलफल चलिरहेकोले आन्दोलन केही मथ्थर जस्तो मात्र देखिएको तर नरोकिएको प्रष्टीकरण दिएका छन् ।
यधपी, प्रसाईंका कार्यक्रमका लागि ७ मंसिरमा काठमाडौंमा उपस्थित मानिसहरुका बीचमै आन्दोलन के का लागि ? किन प्रर्दशनमा उत्रिएको भन्ने बुझाईमा नै एकरुपता थिएन । विचारमा एकरुपता नभएको र अन्टसन्ट बोलेर चर्चामा आईरहन रुचाउने मेडिकल ब्यवसायी प्रसाईंको नेतृत्वको आन्दोलन मियो बिनाको जस्तो बन्न पुगेको थियो ।
खासगरी प्रसाईंले थालेको नागरिक बचाउ महाअभियानमा तीन थरि मान्छेहरुको सहभागिता रहेको स्वयम प्रसाई समर्थकहरुले पनि स्वीकार गर्न थालेका छन् । पहिलो गणतन्त्र फेर्ने, राजतन्त्र पूर्नस्थापना गर्ने । दोस्रो, ब्यवस्था भन्दा पनि जनताको अहिलेको अवस्थामात्रै परिवर्तन गर्नुपर्ने र तेस्रो, प्रसाई आफैले लिएको ऋण जस्तै बैंक तथा वित्तिय सस्था, लघुवित्तहरुबाट जनताले लिएको २० लाख सम्मको जनताको ऋण मिनाह गर्ने ।
यही तीन थरी उदेश्य बोकेर प्रसाईंका कार्यक्रममा मानिसहरुको उपस्थिती थियो । आन्दोलनमा सहभागी भएका बुहसंख्यकलाई ब्यवस्थासँग कुनै साइनो सम्वनध थिएन । मात्र उनीहरुलाई आफनो अबस्था कसरी फेर्न सकिन्छ ? बैक तथा वित्तिय सस्था तथा लुघवित्तहरुको ऋण मिनाह कसरी गराउन सकिन्छ भन्ने मात्र ध्येय देखिन्थ्यो ।
जिल्ला जिल्लाबाट काठमाडौं उतारिएका अधिकाशं जसो मानिसहरु ऋण मिनाहकै लागि भन्दै काठमाडौं आएका थिए । प्रसाईंको नेतृत्वमा आफुहरुले लिएको ऋण मिनाह हुने आशमा उनीहरु काठमाडौं आएका थिए । तर, प्रसाईंको आन्दोलनमा सहभागिता जनाएका कतिपयले ७ मंसिर देखिका थप ४ दिनमा आफुमाथीको ऋण मुक्ति हुने दिनको छेकछन्द नै पनएपछि उनीहरु तितरवितर र लाखापाखा लगेका थिए ।
प्रसाईको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का प्रवक्ता राजानन्द माण्डब्यले पनि आन्दोलनमा तीन थरी मतसहित मानिसहरु सहभागी भएको स्वीकार्छन् । ‘हाम्रो आन्दोलनमा ‘कोही राजतन्त्रको एजेण्डा बोक्ने, कोही अवस्था परिवर्तन भन्ने, कोही ऋण मिनाहा भन्ने खालका आए । यो अभियानमा सबै आ(आफ्नो रोटी सेकाउने तरिकाले आए । त्यसरी आन्दोलन हुँदैन । त्यसैले आन्दोलनको खाका परिवर्तन गराउनुपर्ने भएकाले हामीले थोरै रेस्ट गरेका छौं ।’ माण्डब्यले भने ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
















कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया